काठमाडौं – कात्तिक ३० गते तोकिएको नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ माघ ११ मा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बिहीबार पोस्टर जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो ।
निर्देशक दीपेन्द्र गौचनका अनुसार यस फिल्ममा ९० प्रतिशतभन्दा बढी स्क्रिन टाइमा नाजिर र सृष्टिकै छ । फिल्मा उनीहरुसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुरलगायतको अभिनय रहेको छ । अमितेष शाह विशेष भूमिका छन् ।
दीपेन्द्र करिब तीन दशकपछि नयाँ फिल्म लिएर नेपाली दर्शकमाझ आउन लागेका हुन् । यो फिल्मको कथा उनकै हो । उनी डकु–ड्रामा ‘उजेली’ र ‘हाम्रो मुमिन’का निर्देशक हुन् । ट्राई सिटी पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मका कार्यकारी निर्माता नकिम उद्दिन हुन् ।
तपाईको बिचार