नयाँ दिल्ली – भारतकी पाश्र्व गायिका अलका याज्ञिकलाई दुर्लभ न्युरो रोग लागेको छ जसका कारण उनको सुन्ने क्षमता गुमेको छ ।
गायिकाले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेर आफूलाई लागेको रोगबारे बताएकी हुन् । साथै पोष्टमा उनले आफ्ना फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् । आफू किन गायब भएको भनेर सोधिरहने फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागि भन्दै उनले सो पोष्ट गरेकी हुन् ।
केही हप्ता अघि हवाई यात्रा गरेर विमानबाट ओर्लिर्ने क्रममा आफूले केही सुन्न नसकेको गायिकाले महसुस गरेको र डाक्टरलाई देखाउँदा भाइरल आक्रमणका कारण गायिकालाई दुर्लभ सेन्सरी नर्भ हियरिङको समस्या भएको देखियो । साथै पोष्टको अन्त्यमा गायिकाले मानिसहरूलाई चर्को आवाज नसुन्न र हेडफोन कम प्रयोग गर्न सल्लाह दिएकी छिन सबैको माया र सपोर्टले पुनः आफ्नो जीवनलाई ट्र्याकमा फर्काउने आशा गरेकी छिन ।
५८ वर्षीया अल्का याज्ञिक बलिउडकी चर्चित पाश्र्व गायिका हुन् । अल्का ४४ वर्षदेखि पाश्र्व गायनमा सक्रिय छिन् । यस अवधिमा उनले २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गराएकी छिन् । उनले २ वटा राष्ट्रिय अवार्ड र ७ फिल्मफेयर अवार्ड पाएकी छिन् । सन् २०२२ मा गिनिज बुक अफ वर्ल्ड रेकड्र्सले उनलाई विश्वभर सबैभन्दा धेरै स्ट्रिम गरिएको कलाकारको रूपमा मान्यता दिएको थियो ।
तपाईको बिचार