२०८१ कातिर्क २८ बुधबार

राष्ट्रिय चलचित्र पुरस्कार वितरण, सर्वोकृष्ट अभिनेतामा हरिवंश आचार्य

  • Admin २०८१ कातिर्क २८ बुधबार

काठमाडौं, भाद्र १३ – मंगलबार राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ । यस बर्षको सर्वोकृष्ट अभिनेताको पुरस्कार हरिवंश आचार्यले पाएका छन ।

त्यसैगरि उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद) को अवार्ड ‘चिसो मान्छे’बाट दीपेन्द्र के. खनालले पाएका छन् । उत्कृष्ट छायांकनको अवार्ड ‘लप्पन छप्पन–२’बाट पुरूषोत्तम प्रधान र उत्कृष्ट सम्पादनको अवार्ड ‘दोख’बाट निमेष श्रेष्ठले पाए ।

उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्रकाश’बाट दीया मास्केले प्राप्त गरिन् । उत्कृष्ट निर्देशकको अवार्ड ‘प्रकाश’बाट दिनेश राउतले पाए ।

विसं २०७८ र २०७९ दुई वर्षको अवधिमा प्रदर्शन भएका चलचित्रहरू मध्येबाट छनोट गरी राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको हो । आजै विशेष चलचित्र पुरस्कार तथा विशेष योगदान र सम्मान गरी ५० भन्दा बढी चलचित्रकर्मीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

२०७८ र २०७९ को दीर्घ साधना सम्मानबाट क्रमशः लक्ष्मी गिरी र शिव श्रेष्ठलाई जनही नगद पुरस्कार ३ लाख ७५ हजार रूपैयाँ प्रदान गरिएको छ ।

तपाईको बिचार