हेटौंडा – बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।
आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो ।
प्रदेश सभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह गरेको र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको बताउँदै नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।
बागमतीमा अब कांग्रेस–एमाले गठबन्धन सरकार बन्नेछ । कांग्रेसबाट बहादुर सिं लामाले मुख्यमन्त्रीमा दावी पेश गर्नेछन। सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदको हस्ताक्षर संकलन गरिएको छ ।
तपाईको बिचार