Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6114
NEPAL TIMES NOW | Trusted News Portal

२०८१ चैत ३ सोमबार

पार्क गरेर राखिएको कारमा आगलागी

  • Admin २०८१ चैत ३ सोमबार

ललितपुर- ललितपुरको धापाखेलमा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ।

ललितपुर महानगरपालिका-२३ धापाखेल गैह्रीधारामा पार्क गरेर राखिएको बागमती प्रदेश ०१२-०२८ च २४६३ नम्बरको कारमा आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिहान ३ बजे आगलागी भएको सूचनापछि सातदोबाटो वृत्तबाट प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी १३ जना प्रहरी र ललितपुर महानगरका १५ जना प्रहरी खटिएका थिए।

दुइटा दमकल प्रयोग गरी बिहान सवा ४ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक प्रशान्त राईका अनुसार आगालागीबाट कार पूर्ण रूपमा क्षति भएको छ। कार वीरगन्ज घर भई सोही स्थानमा बस्ने कल्पना बुढाथोकीको रहेको प्रहरीले जनाएको छ।

कार पार्क गरिएको नजिक रहेको टहरा पनि पूर्ण रूपमा क्षति भएको छ। स्थानीयहरुले कसैले कारमा आगो लगाइदिएको हुनसक्ने आकनल गरेका छन्। यसबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक राईले बताएका छन्।

तपाईको बिचार