काठमाडौं – नेपाली काँग्रेसका सभापति देउवाले संविधान संशोधन गर्दा नेपालमा सक्रिय सबै दलहरुको संवाद र सहमति बाट गरिने बताएका छन ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले विश्वासको मत लिन राखेको प्रस्तावको पक्षमा बोल्दै सभापति देउवाले उक्त कुरा बताएका हुन । संसदमा बोल्दै देउवाले भने संविधान लागु भएको आठ बर्ष भइसकेकाले यसको सवल पक्ष र दुर्लभ पक्ष एंव जटिलताको अध्ययन गरि संविधान संशोधन गर्नु लोकतान्तिको स्वभाविक पक्ष हो । संविधान संशोधन गर्दा नेपालमा सक्रिय सबै दलहरुको संवाद र सहमति बाट गरिने छ, यसबाट देशको संघिय लोकान्तिक गणतान्त्रात्मक र समावेशीतालाई थप सदृढ गरिने छ ।
सभापति देउवाले बर्तमान सरकारले अर्थतन्त्रलाई चलाएमान बनाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओली स्वयं अनुभवि र काम गर्ने ईच्छाशक्तिभएको व्यक्ति भएकोले उनको प्रधानमन्त्रत्विकालमा देशमा रोजगारीको बृद्धि गरिने, भ्रष्टाचार को अन्त्य गदै सुशासनको प्रत्याभुति हुने भन्दै नेपाली काँग्रेसले बर्तमान सरकारको पक्षमा समर्थन गर्ने बताए ।
तपाईको बिचार