काठमाडौं – नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दिएको जानकारीअनुसार बैठकमा शुक्रबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धमा छलफल हुनेछ ।
दुई ठूला पार्टि नेपाली काँग्रेस र नेकपा एमाले मिलेपछि माओवादी गठबन्धन अल्पमतमा परेको छ भने दुई ठूला पार्टीले प्रधानमन्त्रीको राजीनामा मागीरहेका छन ।
तपाईको बिचार