Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ असार ३० सोमबार

महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढिसक्यो :अर्थमन्त्री

  • Admin २०८२ असार ३० सोमबार

काठमाडौं, साउन २६ – अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको जानकारी दिएका छन् ।

शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’

नेपालमा धेरै ठूलो संख्यामा युवा विदेशिएको सन्दर्भ निकाल्दै उनले यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेको बताए । सोहीकारण मुलुक भित्र स्थिरता दिन महिलाले भूमिका खेल्ने बताए । ग्रामिण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै उनले यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने बताए ।

देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता छ । घर–घरमा उत्पादन भएका विभिन्न सामग्री व्यवसायीले निर्यात गरिरहेको उनले बताए । आईटी सेक्टरमा पनि महिला जोडिन थालेको भन्दै मन्त्री डा। महतले भने, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ ।’

डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारीकरण सहजै रुपमा गर्न सकिन्छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपुर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।’

स–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाझ पुर्‍याउनु पर्ने भन्दै उनले यसमा सरकारले भरपुर सहयोग गर्ने बताए । दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सुझाव समेत दिए । – अनलाईन खबर डटकममा प्रकाशित

तपाईको बिचार