काठमाडौं, साउन २३- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण रहेको र यी सबै कुराहरु राष्ट्रको सम्पत्ति भएको बताएका बताए । २९औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले नेपालको कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै मुलुकलाई बहुसांस्कृतिक देशका रुपमा चिनाउनुपर्ने बताए।
त्यसैगरि सभापति देउवाले नेपाली काँग्रेस कांग्रेस सदैव समावेशिताको पक्षमा रहेको बताएका छन् । अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रेस पनि समावेशिताको पक्षमा उभिएको उनले बताए ।
सभापति देउवाले संविधानमा उल्लेख समावेशिताको विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको बताए ।
तपाईको बिचार