काठमाडौ, साउन १९ – नेपाल तरुण दलले पार्टी नेतृ तथा सांसद आरजु राणा देउवाका सन्दर्भमा कानुनको बर्खिलाफ हुने गरी कलाकारहरूले टिकटक भिडीयोहरु बनाएकोमा आपत्ति जनाएको छ ।
देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूठा र अनर्गल पोष्ट गरिएको तरुण दलका अध्यक्ष विद्धान गुरुङले विज्ञप्ति जारी गर्दै बताएका छन ।
‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहहरूलाई ३ दिनभित्र कानुनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति गृहमन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
तरुण दलको आग्रहलाई बेवास्ता गरी कानूनविपरित कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैं प्रतिकारमा उत्रने गुरुङले बिज्ञप्ती मार्फत चेतावनी दिएका छन ।
तपाईको बिचार