काठमाडौँ, साउन १९ – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । गत बुधबारदेखि सुरु भएको बैठकमा हालसम्म करिब चार दर्जन केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् ।
मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
तपाईको बिचार