Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ असार ३१ मङ्गलबार

अभिनय छाड्ने राजेश हमालको संकेत

  • Admin २०८२ असार ३१ मङ्गलबार

काठमाडौ, साउन १८ – नेपाली फिल्ममा चार दशक विताइसकेका सुपरस्टार राजेश हमाल विगतमा झैं वर्तमान अवस्थामा अभिनयमा उत्ति सक्रिय छैनन् । तर, उनी अभिनयबाट टाढा पनि छैन । उनले ६ वर्षपछि फिल्म ‘मायाको माया’बाट कमब्याक गर्दैछन् । अब उनी राजनीतिमा आउने चर्चा चलिरहेको छ । विभिन्न नयाँ तथा पुराना राजनीतिक दलबाट उनलाई चुनाव लड्न बारम्बार प्रस्ताव पुगिरहेको हुन्छ ।

गएको स्थानीय निर्वाचनमा अभिनेता हमालले अर्को निर्वाचनसम्ममा आफू राजनीतिमा आउन सक्ने बताएका थिए । हालै एक टीभी अन्तर्वार्तामा पनि उनले राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । राजनीतिमा आएको खण्डमा कला क्षेत्र पूर्ण रुपमा छाड्ने मनस्थितिमा उनी छन् । केही योगदान गर्न सकिन्छ भन्ने लागेको अवस्थामा मात्र राजनीतिमा आउने अभिनेता हमालको भनाई छ ।

उनी भन्छन्, ‘म राजनीतिमा गएर केही योगदान दिन सक्छु भन्ने लाग्यो भने राजनीतिमा आउँछु । यत्तिका वर्षसम्म फिल्ममा काम गरेँ, यो विन्दूमा पुगेँ अब नयाँ खुड्किलो के त भन्ने मनसायले चाहिँ म राजनीतिमा आउँदिनँ । मलाई मनदेखि केही न केही दिशा प्रदान गर्न सक्छु भन्ने सशक्त भावना आयो भने म इमानदारितापूर्वक राजनीतिमा लाग्न पनि सक्छु । कला क्षेत्र च्वाटै छोडेर पनि ।’

कुनै समय विवाहको प्रश्नले हैरान भएका हमाललाई विवाहपश्चात् बच्चाको प्रश्नले छाडेको छैन । उनले आफूहरु दुवैजनाको योजना नभएकाले पनि बच्चा नभएको स्पष्ट पारेका छन् । बच्चाको बारेमा उनी अन्तर्वार्तामा भन्छन्, ‘हामी दुवैजनाको योजना नभएर नै हो सन्तान नभएको चाहिँ । यत्तिका वर्षसम्म किन सन्तान भएन भन्ने विन्दूमा हामी दुवैजना छैनौं । र, यो हाम्रो व्यक्तिगत स्वतन्त्र हो ।’  – फिल्मी खबर बाट साभार

तपाईको बिचार