काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । आज कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र विराटनगर किंग्सका खेल हुनेछन् ।
पहिलो खेल बिहान ९ः१५ देखि कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजको हुनेछ दुवै टिम आफ्नो पहिलो खेलमा पराजित भएका हुन त्यसकारण दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा रहनेछन । त्यसैगरी दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले दिउँसो १ः१५ बजे खेल्नेछ । लुम्बिनी लायन्सको यो प्रतियोगितामा पहिलो खेल हो भने बिराटनगर किंग्स यस अघिको दुवै खेलमा पराजित भएको छ ।
दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।
तपाईको बिचार