मोरङ, साउन १६ – मोरङका पथरीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापो पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
घरमा लुकाएर राखेको अवस्थामा पुरानो कटुवा पेस्तोल बरामद भएपछि तुम्वापोलाई पक्राउ गरिएको उनले बताए । विशेष सूचनाका आधारमा आइतबार साँझ ५ः१५ बजेतिर प्रहरीले उनको घर खातलासी गरेको थियो ।
तुम्वापोको घरको कोठामा रहेको र्याकभित्रबाट ‘नन वर्किङ’ कटुवा पेस्तोल बरामद भएको हो ।
पेस्तोल कुन प्रयोजनका लागि कहिले र कहाँबाट ल्याएको हो भन्ने पत्ता लगाउन अनुसन्धान भइरहेको उनले बताए ।
पेस्तोलसहित पक्राउ परेका तुम्वापोलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको छ ।
तपाईको बिचार