Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ श्रावाण १ बुधबार

धवनको अर्धशतकको मद्दतले कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य

  • Admin २०८२ श्रावाण १ बुधबार

काठमाडौं-  ओपनर शिखर धवनको अर्धशतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनायो ।

कर्णालीका ओपनर धवनले अविजित ७२ रन बनाए । उनले ५१ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । धवनले ४२ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५० रन पूरा गरेका थिए । योसँगै धवन प्रतियोगितामा अर्धशतक बनाउने छैटौँ ब्याटर बने ।

८४–५ को स्थितिबाट धवनले जिसान मक्सुदसँग ६५ रनको साझेदारी गर्दै कर्णालीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएका हुन् । धवनसँगै अविजित रहेका मक्सुदले ११ बलमा एक चौकासहित १४ रन बनाए ।

चान्डविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन जोडे । वाल्टनलाई काठमाडौंका गेरहार्ड इरास्मसले चौथो ओभरको पाँचौँ बलमा करण केसीबाट क्याच आउट गराएका थिए । बाबर हायात र गुल्सन झाले क्रमशः १३ र १२ रन बनाए ।

तपाईको बिचार