काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सांसदहरूले सवाल–जवाफ गर्दैछन् ।आइतबार विश्वासको मत लिएको प्रधानमन्त्री ओलीले आज सांसदहरूसँग प्रश्नोत्तर गर्ने तय भएको हो ।
प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तरको प्रावधान राखिएको छ । आइतबार ओलीले संसदमा विश्वासको मत पाएका थिए । पप्रधानमन्त्री ओलीको पक्षमा १८८ जना सांसदको यस्तै विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरेका थिए ।
तपाईको बिचार