Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ बैशाख १४ आइतबार

बागमती र लुम्बिनी प्रदेश सरकारको आज छिनोफानो

  • Admin २०८२ बैशाख १४ आइतबार

काठमाडौं – केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि अल्पमतमा परेका बागमती र लुम्बिनी प्रदेश सरकारको आज छिनोफानो हुने भएको छ ।

आज लुम्बिनीमा सभामुख तुलाराम घर्तीले प्रदेशसभाको चौथो अधिवेशनको २४औं बैठक दिउँसो १ बजे बोलाएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिनेगरी निवेदन दर्ता गराएका छन् । सदस्यहरुलाई सूचना गर्दा पनि सम्भावित कार्यसूचीमा ‘विश्वासको मत लिने प्रयोजनका लागि’ भन्ने जनाइएको छ ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महरालाई समर्थन गरेको नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएको छ । त्यस्तै असार ९ गते जसपा सांसद अम्बिका काफ्लेले समर्थन फिर्ता लिएकी थिइन् । त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा छन् मुख्यमन्त्री महरा ।
आज विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिने तयारीमा रहेको पनि बुझिएको छ । राजीनामा दिए वा विश्वासको मत नपाए आजै नयाँ सरकार गठन प्रक्रिया अगाडी बढ्ने छ ।

लुम्बिनी प्रदेशमा एमालेका २९ सदस्य छन् । कांग्रेसका २७ जना छन् । दुई दलको मात्र जोड्दा ५६ पुग्छ । अल्पमतमा परेका मुख्यमन्त्री महराको समर्थनमा अहिले माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चाका एक्एक गरी १२ सदस्य मात्र छन् ।

एक स्वतन्त्रले अझै निर्णय लिएका छैनन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छन् । ठुला दलले सरकार बनाउने भएपछि प्रदेशका राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत, जसपा, जसपा नेपाललगायतका दलले पनि एमाले–कांग्रेसको सरकारलाई समर्थन गर्ने जनाएका छन् ।

यता बागमती प्रदेशमा पनि अहिलेसम्म अल्पमतको सरकार चलिरहेको छ । माओवादीका नेता शालिकराम जमरकट्टेलको नेतृत्वको बागमती सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।

२४ गते एमालेका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाउँदै समर्थन फिर्ता लिएपछि सरकार अल्पमतका परेको हो । आज बागमतीमा पनि १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि यहाँ पनि विश्वासको मत पाउने सम्भावना छैन र
११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिन्छ ।

यहाँ सबैभन्दा बढी कांग्रेसका ३७ जना सांसद छन् । एमालेका २७, माओवादीका २१, नेकपा एसका ७, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । कांग्रेस र एमाले मिल्दा ६४ सांसद पुग्छ । यहाँ कांग्रेसलाई नेतृत्व दिने भद्र सहमति छ । आजैबाट बागमतीमा पनि नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने छ ।

तपाईको बिचार