काठमाडौं – बङ्गलादेशमा विकसित पछिल्लो तनावपछि करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । उनीहरु हवाइमार्ग र स्थलमार्ग हुँदै नेपाल आएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन ।
सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री राणाले लेखेकी छन, ‘ हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीहरु हवाई वा स्थलमार्ग हुँदै बंगलादेशबाट नेपाल आउदै छन् ।
ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल लगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको छ। हामीले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग नजिकबाट समन्वय गर्दै आएका छौं । ’
उनका अनुसार बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग नेपाली दूतावासले समन्वय गरिरहेको छ ।
यस्तै परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ ।
समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ ।
तपाईको बिचार