२०८१ कातिर्क २२ बिहीबार

न्यूरोड फुटपाथ विस्तारमा स्थानीय र व्यापारीको अवरोध

  • Admin २०८१ कातिर्क २२ बिहीबार

काठमाडौं –  काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार कार्यमा न्यूरोडका व्यवसायी र स्थानीयबासीले अवरोध गरेका छन् । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारबिहानदेखि न्यूरोड नयाँ सडकमा फुटपाथको काम सुरु गरी कालोपत्रे भत्काउन सुरु गरेको थियो ।

स्थानीय र व्यापारीहरुले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रर्दशन गरेका हुन् । अहिले ठूलो संख्यामा प्रहरी र नगरप्रहरी परिचालन गरिएको छ ।

यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो । त्यतिबेला पनि न्यूरोडका स्थानीय र व्यापारीहरुले अवरोध गरेका थिए । स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।

तर सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । महानगरले फुटपाथ बिस्तारको लागि काटेको सडक समेत सडक डिभिजनले पुनस् पुरेर पीच गरेको थियो ।

तपाईको बिचार