काठमाडौं – महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम पनः थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले विस्तारको काम पुनः थालेको हो।
यसअघि महानगरले फुटपाथ चौडा बनाउने न्यूरोड क्षेत्रका सडक काटेको थियो तर सडक विभागले उक्त सडक महानगरको क्षेत्राधिकारभित्र नपर्ने भन्दै फुटपाथ विस्तार कार्य रोकिदिएको थियो।
त्यसविरूद्ध जेठ २७ गते काठमाडौं महानगर उच्च अदालत पाटन गएको थियो अदालतले महानगरको मागबमोजिम फुटपाथ चौडा बनाउन आदेश दिएको थियो।
तपाईको बिचार