Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6114
NEPAL TIMES NOW | Trusted News Portal

२०८१ माघ १० बिहीबार

मुलुकको समृद्धिका लागि आर्थिक कुटनितिमा खेल्नुपर्ने भूमिकामा खरो उत्रन्छौ : मन्त्री डा. आरजु राणा

  • Admin २०८१ माघ १० बिहीबार

काठमाडौं – नव नियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबार स्थित मन्त्रालयमा गएर डा. देउवाले पदभार ग्रहण गर्नुभएको हो । डा. देउवा मन्त्रालय पुग्दा मन्त्रालयका सचिव सेवा लम्साल लगाएत कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभार कार्यक्रममा बोल्दै मन्त्री डा. देउवाले नेपाल पंञ्चशिल सिद्धान्तमा विश्वास गर्ने भएकाले हाम्रो बैदेशिक निति पनि यसैमा आधार हुने बताएकी छन । नेपाल इतिहास देखि हरेक अफ्टेरो लाई चिदै स्वतन्त्र रहदै हालको अवस्थामा आएको र आगामि दिनमा पनि यसले आफ्नौ गौरवपूर्ण इतिहास कायम राख्ने बताइन ।

कार्यक्रममा बोल्दै मन्त्री डा. देउवाले विदेशमा हाल नेपाल विश्वका लगभग सबै ठाउँमा छरिएर रहेका ले त्यहाँ रहेको नेपालीहरुको सेवा सुविधाका के के गर्न सकिन्छ अध्ययन गर्ने बताइन । उनले देशको आर्थिक बिकासका लागि परराष्ट्र मन्त्रालयले आर्थिक कुटनितिका लागि खेल्नु पर्ने भूमिकामा खरो उत्रने बताइन ।

एक अर्को प्रशंगमा डा. देउवाले विपिन जोशीको रिहाईका लागी यो भन्दा पहिलेका सरकारहरुले पनि प्रयासहरु गरेको र विपिन जोशी सुरक्षित रहेको विश्वास रहेको र आफुले पनि उनको रिहाईका लागि प्रयास गर्ने बताइन ।

मन्त्री डा. देउवाले मन्त्रालयमा आउने सेवाग्राहीका कामहरु ढिलाई हुन नहुने भन्दै अन्तरमन्त्रालय समन्वयमा पनि कुनै कमि नआउन दिन कर्मचरीहरुलाई निर्देशन दिईन ।

मन्त्री डा. देउवा शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम पश्चात रत्नपार्क स्थित शान्तिवाटीकामा गई स्व. गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेकी थिईन भने नेपाली काँग्रेस पार्टि कार्यालय सानेपागई विशेश्वर प्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरेकी थिइन साथै पाटनमा बंगलामुखि मन्दिरमा गएर पुजा गरेपश्चात पदभारका लागी सिंहदरबार गएकी थिइन ।

तपाईको बिचार