काठमाडौं – नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गर्न कार्यकक्षमा नगईकन क्यान्टीनमा छिरेका छन । कर्मचारीको धर्नाका कारण पदभार ग्रहण कार्यक्रमलाई पछि सारेर क्यान्टीनमा गएका हुन ।
शपथ ग्रहणपछि मन्त्रालय पुगेका मन्त्री अधिकारीले विभिन्न माग राखी धर्नामा बसेका कर्मचारीको कुरा सुनेर बाहिरिएका थिए । मन्त्रालयबाट बाहिरिएपछि उनी क्यान्टिनमा गएर बसे ।
कर्मचारीहरूसँग उनले भने, ‘२र४ दिनको समय दिनुस् समस्या समाधानको पहल गर्छु ।’ अधिकांश मन्त्रीले पदभार ग्रहण गरिसकेका छन् । कृषिमन्त्री अधिकारीले भने मन्त्रिपरिषदको बैठकपछि अपराह्न ४ बजेपछि पदभार ग्रहण गर्ने बताएका छन् ।
कर्मचारीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने, कृषितर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूिर्त हुनुपर्ने परमादेश कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।
त्यस्तै संविधान र कार्यविस्तृतीकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्नुपर्ने माग राखेका छन् ।
तपाईको बिचार