काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय वर्तमान मन्त्रिपरिषद्मा १० नयाँ अनुहार छन् । यो मन्त्रिपरिषद्मा चौथोपटक प्रधानमन्त्री रहेका ओली, १७ पल्ट मन्त्री बनेका शरतसिंह भण्डारी, सातचोटिका विष्णु पौडेलसहित पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहलगायत १२ पुराना अनुहार पनि छन् ।
मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका नयाँ अनुहार धेरै छन् । कांग्रेसले सिफारिस गरेको मध्ये सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नयाँ अनुहार हुन् त्यस्तै कांग्रेस सहमहामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा नजसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी चारैजना नयाँ अनुहार हुन् ।
यस्तै, नेकपा (एमाले)का तर्फबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहार छन् ।
तपाईको बिचार