२०८१ कातिर्क २८ बुधबार

मन्त्रीहरुको अन्तिम नामावली तयार गदै कांग्रेस

  • Admin २०८१ कातिर्क २८ बुधबार

काठमाडौं-  नेपाली कांग्रेसले मन्त्रीका लागि अहिले अन्तिम तयारी गरिरहेको छ । केही मन्त्रीहरुको नामावली टुङ्गाइसकिएको छ भने केहीको फाइनल गरिदै छ । पार्टि स्रोतका अनुसार पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो ।

नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् । यस्तै बाँकी पाँच जनाको मन्त्रालय अझै टुङ्गो लागिसकेको छैन ।

मन्त्रीमा भने रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम चर्चामा रहेको छ । यसले गण्डकी र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने छैन । कांग्रेसको उच्च स्रोतका अनुसार १० जनाको नाममाथि सभापति शेरबहादुर देउवाले फाइन टच गर्ने बाँकी छ ।

गण्डकी र लुम्बिनीको प्रतिनिधित्व गराउन देउवाले अन्तिममा एक–दुई जनाको नाम हेरफेर गर्ने सक्ने पनि स्रोतले बतायो । आज ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम छ । सपथ ग्रहण अहिले बिहान ११ बजेलाई तय गरिएको छ ।

तपाईको बिचार