२०८१ कातिर्क १९ सोमबार

एमालेबाट यी हुन सम्भावित मन्त्री, अर्थमा विष्णु पौडेल

  • Admin २०८१ कातिर्क १९ सोमबार

काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम लगभग टुङ्गो लगाएको छ । आइतबार राति अबेर सम्म अध्यक्ष केपी ओलीको निजी निवासमा भएको छलफलमा मन्त्री बन्नेहरूको नामबारे छलफल भएको छ । एमालेका एक नेताका अनुसार यसपटक एमालेले हेभीवेट नेताहरूलाई मन्त्री बनाउँदैछ । एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित भएको छ भने अन्यको पनि लगभग टुङ्गो लगाइसकिएको बताइएको छ ।

सरकारमा पौडेल संगै उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग निश्चित भएको छ । त्यसैगरी नेताहरू कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारीलाई पनि मन्त्री बनाएर आफू नेतृत्वको सरकारमा सहभागी गराउने अध्यक्ष ओलीले सङ्केत गरेका छन् ।

यद्यपि ती नामहरूमा भोलिसम्म केही फेरबदलसमेत हुनसक्ने ती नेताको भनाइ छ । उनले मन्त्री छान्ने जिम्मा अध्यक्षलाई दिइएकाले ओलीको स्पिरिटमा काम गर्न सक्नेलाई मन्त्रीको जिम्मेवारी दिन लागेको बताए ।

तपाईको बिचार