२०८१ कातिर्क १९ सोमबार

हिमताल विस्फोटको सम्भावना बढ्दै गइरहेको छ, समयमै सचेत बनौ : डा. आरजु राणा देउवा

  • Admin २०८१ कातिर्क १९ सोमबार

काठमाडौं : नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले नेपालमा रहेका हिमतालहरु विस्फोटको सम्भावनाहरु वढ्दै गइरहेकाले समयमै सचेत बन्न नेपाल सरकारलाई आग्रह गरेकी छिन । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद डा. देउवाले पछिल्लो एक दशक यता विश्वभरीनै हिमतालहरु फुट्नेक्रम बढीरहेकाले यसबाट हामीजस्ता हिमतालबाट बनेका नदीहरुको छेउछाउमा वसोवास गर्ने राष्ट्रका लागि चिन्ताको विषय भएको बताउनु भयो । उनले बर्षायाममा आएको वाढीले धेरै नै क्षति गरिरहेकोमा हिमताल बिस्फोट भयो भने यो भन्दा कयौ गुणा धेरै क्षति हुनसक्ने भएकाले समयमै हिमनदीको अनुगमन संरक्षणका विशेष कार्यक्रम बनाउनुका साथै यसको संरक्षणका लागी अल्पकालिन, मध्यकालिन तथा दिर्धकालिन योजनाहरु बनाएर अघि बढ्नुपर्ने बताईन ।

अहिलेको सरकारी संरचनाले हामिले हिमनदीको समग्र अध्ययन र संरक्षण गर्न नसक्ने भएकोले यसको लागि छुट्टै विभाग बनाएर अघि वढ्नुपर्ने र अहिले भएको जनशक्तिलाई भरपुर प्रयोग गर्नुपर्ने बताउदै नदि किनारमा भएका वसोवास पनि अव्यवस्थीत भएकाले सानो बाढीमा पनि ठूलो क्षति पु¥याइरहेको हुँदा नदि किनारामा भएका बसोबासहरुलाई व्यवस्थाीत गरेर भविश्यमा हुने खतरालाई न्यनिकरण गर्न सकिने बताइन ।

संसदमा बोल्दै उनले भनिन काजकस्थानले सन २०२५ युएन हिमनदी बर्ष मनाउनका लागि प्रयास गरिरहेकाले नेपालले पनि यस अभियानमा साथ दिनका लागि अनुरोध गरिन । नेपाल जस्तै भूपरिवेस्ठित राष्ट्रले अन्र्तराष्ट्रिय क्षेत्रमा हिमनदि संरक्षणका लागि कोष खडा गर्न युएन हिमनदी बषपहल गरिरहेकाले हामि जस्तो हिमनदिबाट प्रभावित हुन सक्ने राष्ट्रले निरन्तर साथ र समर्थन गर्न आवश्यक रहेको छ ।

तपाईको बिचार