धनगढी – नेपाली काँग्रेसका प्रदेश सांसद प्रकाशबहादुर देउवाले सुदूरपश्चिम नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यका लागि केन्द्रमा भएको सहमतिपछि सुदूरपश्चिममा दुबै दलको सरकार निर्माणका लागि संवाद प्रक्रिया अघि वढेको जनाएका छन ।
काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच मंगलबार राति कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश सरकार सञ्चालनबारे छ्लफल भएको र दुबै दलका नेताबीच प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको सांसद देउवाले बताए ।
सुदूरपश्चिम प्रदेशमा हाल एमाले, माओवादी र स्वतन्त्र सहितको समर्थनमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ ।
तपाईको बिचार