काठमाडौं – नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक अहिले जारी रहेको छ । बैठकले नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्ने जनाइएको छ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बसिरहेको जानकारी दिएका छन ।
कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।
कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर प्रचण्डले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न बसिरहेको छ ।
तपाईको बिचार