काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) केन्द्रिय कमिटीको बैठक अहिले पार्टी कार्यालय चमतीमा जारी रहेको छ बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो। ।
बैठकमा रास्वपाले महासचिव मुकुल ढकालले देशदौडाहामा गएर तयार पारेको प्रतिवेदन र परिवर्तित राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्दैछ। महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए। महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।
यसैबिच महासचिव मुकुल ढकालले आफ्नो बोल्न पाउने अधिकार हनन भएको भन्दै केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन्। उनले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए। तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ।
‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भनेका छन्। ढकालले सत्य उजागर गर्दा आफ्नो महामन्त्री पदको मृत्युसमेत हुनसक्ने बताएका थिए।
महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो।
तपाईको बिचार