२०८१ भाद्र २३ आइतबार

¥याफ्टिङ लाई व्यवसायिक बनाउने बाटोमा परशुराम नगरपालिका

  • Admin २०८१ भाद्र २३ आइतबार

डडेल्धुरा- डडेल्धुरा जिल्लाको तत्कालिन जोगवुडा र शिर्ष गा.वि.स. मिलेर बनेको परशुराम नगरपालिका अपार पर्यटकिय सम्भावनाको क्षेत्र हो । परशुरामबाबाको पवित्र तिर्थस्थल रहेको यस क्षेत्रमा नेपालको ठूलो मध्येको महाकाली नदि सिमा भएर बग्ने गर्दछ । सिमापारि भारतीय बजार भएका कारण सस्तो र सुलभ खाद्य सामाग्रीका लागी यस क्षेत्रका नागरिकहरु पारि भारतिय बजारमा जानका लागि जोखिम मोलेर काठको डुङ्का र ट्युव तरेर सामाग्रीहरु ल्याउने गर्दछन । जोखिमका बाबजुत भारतीय बजारमा गएर सामान ल्याउने यहाँका नागरिकहरु अब सोही नदीमा साहसिक ¥याफ्टिङ खेललाई व्यवसायिकरण का साथै नदि पार गर्ने साधनको रुपमा प्रयोग गर्ने योजनामा रहेका छन जसमा उनिहरुलाई त्यहाँको परशुराम नगरपालिकाले साथ दिइरहेको छ ।

यहाँका नागरिकहरुले पहिलो पटक आज भन्दा २०७५ सालमा आयोजना भएको परशुराम महोत्सवमा ¥याफ्टिङ देखेका थिए । महोत्सव र ¥याफ्टिङ खेलको माध्यमबाट बिषेश गरेर छिमेकी मुलाक भारत संगकोे सम्बन्धलाई सुदृढ गर्ने, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, पर्यटन सम्बन्धी गतिविधिबाट आर्थिक लाभ प्रदान गर्ने र नेपाल र भारतबीचको सीमावर्ती क्षेत्रका समुदायलाई आयआर्जनका अवसरहरू प्रदान गर्ने थियो ।

बिभिन्न समयमा यहाँको साहसिक जलयात्राको सम्भावनाको बारेमा राजनैतिक बृतमा छलफल, बहस तथा सम्भावनाका विषमा आवाजहरु पनि उठ्ने गरेको थियो । सोही क्रममा नेपाली काँग्रेसकी नेतृ तथा रुडुक नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष आरजु राणा देउवाले २०७५ को आम निर्वाचनको समयमा लालढुङ्गामा आयोजित आमसभामा यहाँको जलयात्राको सम्भावना प्रचुर रहेको र यसले यहाँको अन्य आर्थिक गतिविधिमा समेत टेवा पु¥याउने भएकोले आफुले सो क्षेत्रमा पहल गर्ने बताएकी थिइन ।

परशुराम नगरपालिकामै महिला समुहका संलग्न पदाधिकारीहरुले पनि लामो समयदेखि पर्यटन प्रवद्र्धन, आम्दानी र नदी तर्ने माध्यमको रुपमा ¥याफ्टिङको उपयोगिताका बारेमा छलफल तथा बहस गदै आइरहेकामा रुडुक, ट्रोसा परियोजनाले नेपालको परशुराम नगरपालिका र भारतको उत्तराखण्ड प्रदेश सरकारसँग समन्वय गरेर दुवै देशका स्थानीय सरकारहरूले र्याफ्टिङ र पर्यटनमा संलग्न निजी क्षेत्रका संस्थाहरूलाई प्रोत्साहित गरेको रुडुकका परियोजना अधिकृत निशा सिलवालले जानकारी दिए ।

२०७५ सालमा पहिलोपटक ¥याफ्टिङ संचालन गरिएतापनि त्यसले निरन्तरना पाउन सकेन तर त्यसको ठिक विपरित भारतिय क्षेत्रमा भने ¥याफ्टिङ प्रर्वद्धन जारी राखिरहेको छ । त्यही कारण राष्ट्रिय जलयात्रा एजेन्सी (नारा) को समन्वयमा २०२० मा परशुराम नगरपालिका, भीमदत्त गाउँपालिका र रुडुक संस्था बीच जलाधार व्यवस्थापन प्रवर्द्धन गर्न र महाकाली नदीका तटीय समुदायलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्न त्रिपक्षीय सम्झौता भएको संयोजक सिलवालले जानकारी दिईन ।

रुुडुकले अक्सफामको सहयोगमा डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर जिल्लाका साझेदारहरूसँगको सहकार्यमा २०८० चैत्र ९ गते विश्व पानी दिवस मनाएको थियो जसमा परशुराम देखि कञ्चनपुर सम्म ¥याफ्टिङमा जल यात्रा कार्यक्रम आयोजना गरिएको थियो । जसमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, रुडुक काठमाडौं, नीड्स नेपाल, रुड्स, बैतडी, अक्सफामका सदस्यहरूसहित जम्मा १४७ जना सहभागी थिए ।

¥र्याफ्टिङको प्रवद्र्धन र दिगोपनको निरन्तर प्रयासका लागि वाटरशेड परियोजनाले परशुराम नगरपालिकालाई बजेट अनुरोध पेश गरेको थियो जसको फलस्वरुप परशुराम नगरपालिकाले आगामि बर्ष २०८१/८२ का लागि महाकालि नदि तटिय क्षेत्रका आर्थिक सशक्तिकरणलाई ध्यानमा राख्दै नगरपालिकाले ४ लाख रुपैयाँ ¥याफ्टिङ गाइड तालिमकालागी छुट््याएको छ । विनियोजन गरिएको बजेटले महाकाली नदीमा जलयात्रा प्रवद्र्धन र स्थानीय तहको सरकारसँगको समन्वयमा महत्वपूर्ण कदम भएका र यस पहलले पर्यटन प्रवद्र्धन मात्र नगरीकन होटल र रेष्टुरेन्टहरू जस्ता व्यवसायहरू मार्फत स्थानीय अर्थतन्त्रलाई बढावा दिने साथै परशुराम नगरपालिकाका नागरिकहरुलाई विभिन्न आय आर्जन गर्ने गतिविधिहरू सिर्जना गर्ने विश्वास लिएको परियोजना अधिकृत सिलवालले बताइन ।

तपाईको बिचार