२०८१ भाद्र २३ आइतबार

विद्यालय जानेबेला चट्याङ लागेर ३ बालिका गम्भीर घाइते

  • Admin २०८१ भाद्र २३ आइतबार

धनगढी – कैलालीमा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीमा बुधबार बिहान विद्यालय जाने क्रममा बालिकाहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एपसी) पदमबहादुर बिष्टले घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जानकारी दिए । उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । उनीहरुलाई थप उपचारका लागि धनगढी ल्याउने तयारी छ ।

तपाईको बिचार