काठमाडौं – प्रतिनिधि सभा सदस्य एंव कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले छाउपडि जस्ता कुसँस्कारका बारेमा विद्यालय स्तरबाटनै जनचेतना अभियान संचालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार संसद बैठकको शुन्य समयमा बोल्दै डा. देउवाले आफुले ८ बर्ष अघि पनि छाउपडि गोडमा सर्पको टोकाइबाट महिलाको ज्यान गएको विषय उठाएको र गत असार ३ गते नाबालिका चेलीमाथी भएको बलात्कारको घटनाले छाउपडि गोठहरुमा घट्ने घटनाहरु घट्ने क्रम नरोकीएकाले यसका बिरुद्धमा ब्यापक जनचेतना मुलक अभियान संचालन गर्न आवश्यक रहेको बताउनुभयो । सरकारले २०७५ देखि २०७८ को विचमा सात हजार चार सय पैचालिस छाउगोठहरु भत्काएको भनिएतापनि हालआएर पनि यस प्रकारको क–ुसँस्कृतिकालाई हटाउनका लागि राष्ट्रब्यापि अभियानका साथै विद्यालय स्तरबाट नै जनचेतना चलाउनु आवश्यक रहेको बताउनु भयो ।
डा. देउवाले संसदमा कार्यरत कर्मचारीहरुले बाध्य भएर आन्दोलन गर्नुपरिरहेकाले उनिहरुको जायज मागहरु पुरा गन अनुरोध गर्नुभयो ।
तपाईको बिचार