काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। संघीय संसद भवनको ल्होत्से हलमा शुक्रवार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
बैठकमा सदनमा छलफल छलफल भइरहेको बजेट लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ। कांग्रेसले बजेटको मूल मान्यतामा नै त्रुटिपूर्ण भएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनः लेखन गर्नुपर्ने माग गरेको छ।
तपाईको बिचार