Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6114
NEPAL TIMES NOW | Trusted News Portal

२०८१ फागुन ४ आइतबार

छाउगोठमा बसेकी बालिका बलात्कृत, मामा नाता पर्ने पक्राउ

  • Admin २०८१ फागुन ४ आइतबार
फाइल तस्बीर

अछाम – छाउगोठमा बसेकी एक बालिका बलात्कृत भएकी छन् । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया बालिका सोमबार मध्यराति बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकका अनुसार प्रारम्भिक अनुसन्धानबाट मामा नाता पर्नेबाट बालिका बलात्कृत भएकी हुन । प्रहरीले बलात्कार आरोपमा १७ वर्षीय किशोरलाई पनि पक्राउ गरेको छ ।

‘हामीलाई किशोरी बेहोस भएको जानकारी आएको थियो पछि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो,’ उनले भने ।

किशोरीमाथि सामूहिक बलात्कार भएको हुन सक्ने समेत प्रहरीले जनाएको छ । उनले आफूमाथि मामा नाता पर्नेले बलात्कार गरेको थाहा पाएको र त्यहाँ अरूको पनि हल्ला सुनेको बयान प्रहरीलाई दिएपछि उनीमाथि सामूहिक बलात्कार समेत भएको हुन सक्ने आधारबाट प्रहरीले अनुसन्धान गरिएको छ ।

पीडित र आरोपित दुवैको स्वास्थ्य परिक्षण गरिएको तर, रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ । किशोरीका आधारमा आरोपितलाई पक्राउ गरिएको र उनीसँग पनि बयान लिइरहेको प्रहरीको भनाइ छ ।

तपाईको बिचार