काठमाडौं – आफैँलाई गोली हानेर संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेको आत्महत्या गरेका छन ।
बिहान ६ बजेदेखि संसद भवनमा ड्यूटीमा बसेका अजितले शौचालय छिरेर निधारमा हानेका गोली हानेका थिए । प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले बतायो ।
२२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए । उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए ।
तपाईको बिचार