काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रोष्टमै बजेट पुस्तिका च्यातेका छन् । उनले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।
उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा परेपछि नै आफूलाई रिस उठेको बताउतै भौतिक मन्त्रालयको पुस्तक च्यातेका हुन ।
उनले सामान्य लाज घिन समेत नराखेर सरकारले मनपरी गरेको आरोप लगाएका छन् । उनले आफूखुसी जिल्लाको नाम समेत नराखी योजनामा बजेट राखेको बताए ।
पहिले आठ नौ वटा चरण पार गरेपछि योजना पास गरेको सम्झँदै अहिले बजेट मन्त्रीको गोजीबाट आउने बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई गोरखा दुई भए पुग्छ । मन्त्रीलाई आफ्नो ठाउँ भए पुग्छ । बाउले कमाएको सम्पत्तिमा पनि आफूखुसी गर्न पाइन्न । यो त सरकारको सम्पत्ति हो । यो निर्वाचन प्रणाली सुधार गरौँ ।’
तपाईको बिचार