२०८१ भाद्र २३ आइतबार

राहुल गान्धीले वायनाड छोडे, अव प्रियंका गान्धी चुनाव लड्ने

  • Admin २०८१ भाद्र २३ आइतबार

नयाँदिल्ली – भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धीले चुनाव जितेका दुई लोकसभा सिटमध्ये केरलको वायनाड छाड्ने निर्णय गरेका छन अव उक्त क्षेत्रबाट राहुलकी बहिनी तथा कांग्रेस नेता प्रियंका गान्धीले चुनाव लड्ने कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन्।

सोमबार कांग्रेसका शीर्षनेताहरुको बैठकपछि राहुल गान्धीले उक्त निर्णय गरेका हुन । हालै सम्पन्न लोकसभा निर्वाचनमा राहुल केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट निर्वाचित भएका थिए।

रायबरेली र वायनाडबाट अब हाम्रा दुई जना सांसद लोकसभामा जाने छन सोमबार कंग्रेसका शीर्षनेताहरूको बैठकपछि राहुलले संवाददाताहरूसँग भने।

यसअघि राहुलले आफू निर्वाचित दुई सिटमध्ये कुन राख्ने र कुन छाड्नेमा दुबिधा भइरहेको बताएका थिए। कांग्रेस नेता प्रियंका गान्धीले वायनाडको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा आफू हर्षित भएको बताएकी छन्।

‘वायनाडका जनतालाई म राहुलको कमी महसुस हुन दिने छैन ‘प्रियंकालाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ‘वायनाडको प्रतिनिधित्व गर्न पाउँदा म एकदमै खुसी हुनेछ। राहुलले आफू बारम्बार वायनाड आइरहने बाचा गरेका छन्। म पनि यहाँका जनतालाई खुसी राख्न निकै मेहनत गर्नेछु।’

तपाईको बिचार