Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ जेठ १२ आइतबार

मेयर बालेनको आक्रोश : पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउनुस्

  • Admin २०८२ जेठ १२ आइतबार

काठमाडौं – पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन काठमाडौं महानगरका प्रमुख बालेन शाहले चेतावनी दिएका छन् ।

आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुले बहिस्कारका कारण स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् ।

३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उनले लेखेका छन् । ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ,’ शाह भन्छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चैं त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौ महानगर पालिकाले गर्दैन ।’

काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने उल्लेख गर्दै नगर प्रमुख शाहले हरेक नागरिकले चासो हुने हुँदा नगरसभा प्रत्यक्ष प्रसारण हुने गरेको बताए ।

तपाईको बिचार