Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6114
NEPAL TIMES NOW | Trusted News Portal

२०८१ चैत ३ सोमबार

आजबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • Admin २०८१ चैत ३ सोमबार

काठमाडौंं –  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार बिहान १ बजे देखि लागु भएको मुल्यमा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार नेपाल आयल निगमले मुल्य घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।

त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।

तपाईको बिचार