Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ जेठ १२ आइतबार

प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • Admin २०८२ जेठ १२ आइतबार

डडेल्धुरा – डडेल्धुरा जिल्लाको महेन्द्र माध्यमिक विद्यालय खलंगा डडेल्धुरामा बालिकाहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पपुलेसन कनेक्सन (अमेरीका)को आर्थिक तथा प्राविधिक सहयोगमा संचालित बालिका सशक्तिकरण कार्यक्रम अन्तर्गत ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र महेन्द्र नमुना बाल क्लवको आयोजनामा भएको कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत छात्राहरुलाई अभिमुखिकरण प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रजनन स्वास्थ्य, प्रजनन स्वास्थ्यका समस्या तथा तीनको व्यवस्थापन, नेपालमा मातृ तथा प्रजनन स्वास्थ्यको अवस्थाहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा ७० जना छात्रहरु उपस्थित रहेका थिए भने कार्यक्रममा अमरगढी नगरपालिकामा कार्यरत क्षयरोग मुक्त अभियानकी संयोजक अनिता जोशीद्धारा सहजीकरण गरिएको रुडुकका सहजकर्ता डम्बरी भट्टले जनाएकी छन ।

रुडुकद्धारा संचालित बालिका सशक्तिकरण कार्यक्रमको यो दोश्रो बर्ष रहेको र पहिलो बर्ष पनि यस्तै प्रकारका चेतनामुलक कार्यबmमहरु, विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु तथा खेलकुद कार्यक्रमहरु संचालन गरिएको भट्टले जानकारी दिइन भने यस बर्ष विद्यालयलाई साउण्ड सिष्टम, टेबल टेनिस बोर्ड, विभिन्न जातीय पोषाकहरु, विद्यालयको कक्षा कोठाहरुमा सरसफाईका सामाग्रीहरु गरि ४ लाख भन्दा वढीको सामाग्रीहरु हस्तान्तरण गरिएको साथै यस्तै अभिमुखिकरण तथा अन्य अतिरिक्त क्रियाकलापहरु यस बर्ष पनि संचालन गरिने उनले जानकारी दिइन ।

तपाईको बिचार