पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मन्त्रिपरिषद विस्तार गरेका छन । मंगलबार विस्तारित मन्त्रीपरिषदमा फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले सोमबार प्रदेश सभामा ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए । उनले फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए बापत मन्त्री पाएका हुन् ।
६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पुर्याउने बताउँदै आएका मनाङका स्वतन्त्र सांसद मनाङेलाई मुख्यमन्त्री पाण्डेले नै दोस्रो पटक भौतिक मन्त्री बनाएका हुन् । समग्रमा मनाङे गण्डकीमा छैटौं पठक मन्त्री भएका छन् ।
तपाईको बिचार