काठमाडौं – सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।
आजको बैठकबाट विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ हुनेछ जस आज अन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत सम्भावित कार्यसूची छ ।
बैठकमा विभिन्न सांसद्हरुले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्तावहरूलाई आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जानकारी दिएको छ ।
तपाईको बिचार