Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ जेठ १२ आइतबार

नदि सरसफाई गरि मनाईयो बिश्व वातावरण दिवस

  • Admin २०८२ जेठ १२ आइतबार

जेठ २३,  डडेल्धुरा –  विश्व वातावरण दिवसको अवसरमा डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं. ५ मा बहादुरे तथा शिवशक्ति महिला सशक्तिकरण केन्द्रले नदि सरसफाई गरेका छन । अक्सफाम नेपालको आर्थिक एंव प्राबिधिक सहयोग तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्धारा संचालित ट्रोसा २ परियोजना अन्तर्गत गठन गरिएका उक्त समुहहरुले रंगुन र महाकालि नदिको संगमस्थल बङघाटमा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो ।

हाम्रो भुमि, हाम्रो भविश्य भन्ने मुल नाराका साथ मनाइएको यस बर्षको बिश्व वातावरण दिवसका अवसरमा परशुराम मन्दिरको नजिकै रहेको उक्त दुई नदिको संगमस्थलमा विभिन्न खाले फोहरहरु जम्मा भएकाले सरसफाई गरिएको बहादुरे महिला सशक्तिकरण केन्द्रका अध्यक्ष भावना खड्काले जानकारी दिईन उक्त सरसफाई कार्यक्रममा दुवै केन्द्रबाट गरि ३५ जना सहभागि रहेका थिए ।

विश्व वातावरण दिवसकै अवसरमा परशुराम नगरपालिका ६ मा रहेका सृजना, भागेश्वरी र सिद्धनाथ महिला सशक्तिकरण केन्द्रले ईलाका वन कार्यालय जोगवुडामा गई आ–आफ्नो समुदायमा रहेका खहरे खोला, नदि तथा मठमन्दिर वरपर बृक्षारोपण गर्नका लागि विभिन्न जातिका विरुवाहरु माग गरेको छन ।

खहरे तथा नदिहरुले दिनदिनै आफ्नो जमिन मासिदै गएकाले तिनिहरुको संरक्षणका लागि लिप्टीस, खैर, सिसम, दालचिनी, वाँस तथा विभिन्न फलफुलका विरुवाहरु गरी जम्मा २३२५ वटा विरुवाहरुका लागि ईलाका वन कार्यालयका कर्मचारी ईश्वरी सिंह बोहरालाई ज्ञापन पत्र बुझाइएको भागेश्वरी महिला सशक्तिकरणकी अध्यक्ष भागेश्वरी देवी नाथले जानकारी दिईन । संयुक्त राष्ट्र संघले आह्वानमा प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइने गरिन्छ ।

तपाईको बिचार