विराटनगर- कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा। राजेन्द्र अधिकारी आइतबार विहान १० बजेपछि डेराबाट कार्यालयतर्फ आउँदै थिए । आयोगको कार्यालय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको छेउमा पर्छ । उनको निवास र कार्यालय नजिकै छ ।
निवासबाट कार्यालयतर्फ जाँदै गर्दा महेन्द्र मोरङ क्याम्पसको गेट अगाडि केही विद्यार्थी बसिरहेका थिए । आउजाउ सामान्य थियो । सधैं आउजाउ गरिरहने ठाउँ भएकाले उनी रोडशेष चोकतर्फबाट पश्चिमपट्टि कार्यालयतर्फ लागे । क्याम्पस अगाडिको अवस्था पहिलेको जस्तै सामान्य थियो ।
गेट अगाडि केही विद्यार्थी बसेका थिए । गेट अगाडि बसेका विद्यार्थीहरुले सरकारी गाडी आयो भनेको उनले सुने । त्यसपछि त्यो समूह दौडिएर गाडी भएतिर आयो । ढुंगामुढा गर्न थाले, अगाडि धेरै विद्यार्थी र सडक घुम्ती भएकाले चालकले गाडी भगाउन सकेनन् । चालक र उपाध्यक्ष गाडीभित्र हुँदै विद्यार्थीको समूहले तोड्फोड गर्यो ।
उपाध्यक्ष अधिकारीले घटना विवरण यसरी सुनाए
तपाईको बिचार