Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6114
NEPAL TIMES NOW | Trusted News Portal

२०८१ चैत ३ सोमबार

नेकपा एमाले कर्णाली प्रदेशले भदौ ३० गते अधिवेशन प्रतिनिधि छनोट गर्ने

  • Admin २०८१ चैत ३ सोमबार

सुर्खेत  – असोज १० र ११ गते तोकिएको प्रदेश अधिवेशनका लागि नेकपा एमाले कर्णालीले भदौ ३० गते प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ।

कर्णाली प्रदेश कमिटीका कार्यालय बैठक इन्चार्ज लेखराज भट्टको नेतृत्वमा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रदेश कमिटी बैठकले अधिवेशनमा सहभागिताका लागि प्रतिनिधि छनोट गर्दा खुला सदस्यतर्फ एक सय जना पार्टी सदस्य बराबार एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ।

दलित पार्टी सदस्यतर्फ भने ७५ जना सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरिएको छ।

सदस्य संख्याबाट शेष रहेको ५० प्रतिशत (१५० जना सदस्य हुन आएमा २ जना प्रतिनिधि) अंक बराबर पनि एक जना प्रतिनिधि थप हुने व्यवस्था प्रदेश कमिटीको बैठकबाट गरिएको छ।

यस्तै छनोट भएका अधिवेशन प्रतिनिधिहरूमध्ये एक तिहाई महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी प्रतिनिधि छनोट र व्यवस्थापनको आधारस्वरूप भूगोलको लागि पालिका र समावेशीको लागि प्रदेश निर्वाचन क्षेत्र रहने व्यवस्था गरिएको छ। तर समावेशी सदस्यले भने क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको नेकपा एमाले कर्णाली प्रदेश कमिटी सचिव टेकराज पछाईले जानकारी दिए।

नेकपा एमालेका कर्णाली प्रदेशमा ५१ हजार ७५० जना सदस्य छन्।

तपाईको बिचार