Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ जेठ १२ आइतबार

विद्युतीय धरापमा परि धनगढीमा महिलाको मृत्यु

  • Admin २०८२ जेठ १२ आइतबार

धनगढी– कैलालीको धनगढीमा जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा एक महिलाको मृत्युु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरेको छ । चौधरीले जंगली जनावरबाट धानबाली जोगाउन करेन्ट छाडेको बयान दिएको प्रहरीले जनाएको छ ।

तपाईको बिचार