बुटवल – नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन गर्नआज निर्वाचन हुँदैछ।
सहमतिमै प्रदेशको नेतृत्व टुंगो लगाउने प्रयास भएपनि दुई बलिया दाबेदार राधाकृष्ण कँडेल र हरी रिजाल दुबैले पछि नहट्ने अडान लिएपछि निर्वाचन हुन लागेको हो।
प्रदेशको नेतृत्व चयनका लागि आइतबार रातिदेखि नै निर्वाचन प्रक्रिया सुरू भइसकेको छ। आज बिहान १० बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ। अध्यक्षका दुई उम्मेदवार कँडेल र रिजालले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन्।
अधिवेशनले लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको जुँगाको लडाइँ सतहमा देखिएको छ। अध्यक्षका उम्मेदवार कँडेल पौडेल निकट हुन् भने रिजाललाई महासचिव पोखरेलको समर्थन छ। त्यहाँ अन्य पदाधिकारीका लागि पनि दुबै पक्षले आ–आफ्नो उम्मेदवार उठाउने आकलन छ।
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ। वन्द सत्रमा एमाले अध्यक्ष के.पी. शर्मा ओलीले सहमतिमै नेतृत्व छान्न निर्देशन दिएपनि सफल हुन सकेन ।
तपाईको बिचार