एजेन्सी – पाकिस्तानले एसिया कपमा भारतसँग खेल्ने आफ्नो प्लेइङ– ११ घोषणा गरेको छ । भारत र पाकिस्तानबीचको खेल शनिबार दिउँसो ३ः१५ मा पालेकेले क्रिकेट रंगशालामा हुनेछ ।
पाकिस्तानको प्लेइङ ११ मा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर) रहेका छन । त्यसैगरि अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ पनि अन्तिम ११ मा रहेका छन ।
पाकिस्तानले नेपाल बिरुद्धको प्लेइङ–११ मा कुनै परिवर्तन नगरि भारत संग खेल्नेछ । पहिलो खेलमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनले हराएको थियो । उक्त खेलमा कप्तान बाबर आजमले १ सय ५१ र इफ्तिखार अहमदले १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए भने शादब खानले चार विकेट लिएका थिए ।
तपाईको बिचार