२०८१ कातिर्क २२ बिहीबार

रास्वपा सभापति लामिछाने र भारतीय राजदूतबीच भेटवार्ता

  • Admin २०८१ कातिर्क २२ बिहीबार

काठमाडौ, भाद्र १५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

आज रास्वपा पार्टी कार्यालय वनस्थलीमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको रास्वपाका केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए । भेटमा सभापति लामिछानेले नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनुका साथै आपसी चासोका मुद्दालाई सम्वादमार्फत् हल गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

उक्त भेटमा रास्वपाकातर्फबाट महामन्त्री डा मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल र अर्का सांसद मनिष झाको सहभागिता रहेको थियो ।

तपाईको बिचार