काठमाडौं, भाद्र १५ – पारस खड्का वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष विजयी भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न निर्वाचनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका अर्का प्रत्याशी उमेश पियालाई पराजित गरे । अध्यक्षमा पारसले २३ मत पाए भने उनका प्रतिस्पर्धी पियाले १४ मत पाए । पारस प्यानलसहित निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्याक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत निर्वाचित भए । तीनैजना समान २४ मतसहित विजयी भएका हुन् । यस्तै, सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धिरज श्रेष्ठ र वसन्तराज सत्याल विजयी भए ।
महिला सदस्यमा निरा राजोपाध्याय भने निर्विरोध चयन भइन् । पिया प्यानलबाट उपाध्यक्षमा उठेका रुपक रञ्जित, सचिवका उमेदवार प्रज्वल सापकोटा र कोषाध्यक्षका उमेदवार विजय बोहराले समान १४ मत प्राप्त गरे ।
तपाईको बिचार